नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडाैं | असोज ३१, २०७९

नेप्से परिसूचकको ओरालो यात्रा जारी

 

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक छ दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५४ दशमलब ५५ मा ओर्लिएको छ । 

 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६५ अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलब ७७ मा सीमित भएको छ । 

    

कूल दुई सय १८ कम्पनीका १५ लाख १८ हजार सात सय ७८ कित्ता शेयर रु ४८ करोड ७३ लाख ५३ हजार छ सय ४७ मूल्यमा खरिद बिक्री भए । 
    
    

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज पनि दुई उपसमूहको शेयर मूल्यमा झिनो अङ्कले वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ७२ अर्ब ५९ करोड ८४ लाख २३ हजार आठ सय ३२ बराबर रहेको छ । 

    

कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु दुई करोड ७९ लाख १९ हजार दुई सय १५ बराबरको कारोबार भयो । प्रभु बैंक रु दुई करोड ६१ लाख  सात हजार पाँच सय २८, रिडी पावर कम्पनी रु दुई करोड २६ लाख ९९ हजार आठ सय तीन, हिमालयन डिस्टिलरी रु एक करोड ८० लाख ९५ हजार नौ सय ९२ र प्राइम बैंकको रु एक करोड ६२ लाख ८१ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

    

नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । सयपत्री हाइड्रोपावर नौ दशमलब ९६, कुमारी धनबृद्धि योजना तीन दशमलब ८५, इन्फिनिटी लघुवित्त तीन दशमलब ८० र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलब ६५ प्रतिशतले कमाएका छन् । 

    

त्यस्तै पिपल्प पावर नौ दशमलब ९७, बलेफी हाइड्रोपावर पाँच दशमलब १०, रिलायन्स फाइनान्स चार दशमलब ७२, स्ट्याण्र्डड चार्टड बैंक चार दशमलब ४३, बिन्दबासिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले चार दशमलब २३ प्रतिशतले गुमाएका छन् ।

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्